दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा | साउन १८, २०७९

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार सांकेतिक तस्बिर

 

 बाजुरा:  जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । 

    

बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । 

    

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्